पत्थरीको शल्यक्रियाका क्रममा बिरामीको मृत्यु , स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पताल तनावग्रस्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ११, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र ११, काठमाडौँ । शनिबार राति पत्थरीको शल्यक्रियाका क्रममा धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालमा बिरामीको मृत्यु भएको छ ।

बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् । अस्पताल प्रशासनले भने लापरबाहीका कारण नभइ ‘दुर्घटनावश’ बिरामीको मृत्यु भएको जिकिर गरेको छ ।

दुईपक्षीय सहमतिका लागि अस्पतालमा छलफल जारी छ । मृतकका आफन्तका तर्फबाट ६ र अस्पतालका तर्फबाट तीनजनाको टोलीबीच छलफल भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस