बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १२, मंगलबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाडौँ । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौँ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहरमैला लैजान बन्द गर्ने र शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन् ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले आयोजन गरेको पत्रकार सम्मेलनमा स्थानीय जनताको जीवन रक्षाको लागि मानवरहित ल्यान्डफिल साइट र फोहरमैला व्यवस्थापन दीर्घकालीन योजना नअपनाएमा असोज १ गतेदेखि सधैंका लागि बन्द गर्ने गरी शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने जानकारी गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस