जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा बिहीवार नै रहेको पञ्चाङ्ग निर्णायक समितिको भनाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १३, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाण्डौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीवार मनाउनुपर्ने जनाएको छ ।
यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकै दिन परेको समितिले जनाएको हो ।

भोलि बिहीवार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो ।
विशेष गरी नेवार समुदायमा मनाइने गाईजात्रा पर्वका लागि केही पालिकाले आज जनैपूर्णिमा र भोलि बिहिवार गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेका छन् । तर यसपालि तिथि घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा बिहीवार एकैदिन परेको समितिले विज्ञप्ति निकालेर जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस