पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गयो, बालकसहित ८ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १३, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र १३, पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गएको छ । अरु ८ जना घाइते भएका छन् ।

गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो ।

जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।
दुर्घटनामा घाइते भएका एक बालकसहित ८ जनालाई उपचारका लागि तानसेन पठाएको छ ।

जीपलाई जोर्तेमा ढुङगासहितको पहिरोले पुरेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस