गुल्मीमा टायर बाल्न पेट्रोल छर्किदा आफैलाई लाग्यो आगो, दुई जना गम्भिर घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १३, बुधबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

भाद्र १३, गुल्मी । गुल्मी अस्पतालमा बालिका मृत्युको विषयमा छानबिन माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा आगोले पोलेर दुई जना गम्भिर घाइते भएका छन् । टायर बालेर गरिएको प्रदर्शनमा दुई जनालाई आगोले पोलेको प्रहरीले जनाएको छ ।

बालिकाको आफन्तले प्रशासन कार्यालय अगाडि नाराबाजी र टायर बाल्ने क्रममा शरीरमा पेट्रोल परेर आगो लाग्दा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाका लक्ष्मण पाण्डे र कृष्ण पौडेल जलेर घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि पाल्पा पठाउने तयारी भएको प्रहरीको भनाइ छ ।

मंगलबार विहान अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान गुल्मी अस्पतालमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका थिए । त्यस क्रममा जिल्ला अस्पतालका प्रमुख डा। राजेन्द्र जिसीमाथि कुटपिट भएको थियो । कुटपिटको विरोधमा जिल्ला अस्पतालका कर्मचारीले आकस्मिक बाहेकका सेवा बन्द गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस