भाद्र १३, काठमाण्डौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको बरामद गरिएको तस्करीको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज थप एजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल छन् ।
पौडेल पक्राउ परेसँगै यो प्रकरणमा हालसम्म २४ जना पक्राउ परेका छन् ।