‘टेरामोक्सलाई रोक्नु स्वभाविक हो, तर यो लागू भएरै छाड्छ’ : प्राधिकरण अध्यक्ष खनाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १३, बुधबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाण्डौँ । शुल्क र गुणस्तरमा ग्राहक ठग्नेहरू टेरामोक्सको विरोधमा उत्रिएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् । केहि दिन पहिला लागू गर्ने भनिएको टेरामोक्स प्रधानमन्त्रीको आदेशमा रोक्न नहुने बताए । ‘कसैले प्रधानमन्त्रीलाई भेटेर टेरामोक्सले त कल ट्यापिङ गर्छ, नागरिकको मौलिक हक विपरीत छ भनेर भन्दिएपछि उहाँले यस्तो कुरा स्वीकार्य हुँदैन भन्नु स्वाभाविक हो । उनले भने -‘प्रधानमन्त्रीसँग भएको छलफलमा सेवा प्रदायकले टेरामोक्सले नागरिकको फोन ट्याप गर्छ, एसएमएस रिड गर्छ, यस कारण लागू गर्नु हुन्न भनेपछि प्रधानमन्त्रीले उसो भए लागू नगर भन्नु स्वाभाविक हो ।’ उनले थपे- ‘पहिले हामीले विगतको आवश्यकतालाई हेरेर, क्षेत्र विशेषलाई आधार मानेर सानो क्षमताका, सानो प्रविधि, सानो टिमले सञ्चालन गर्न सक्ने गरी सेवा प्रदायक भित्र्यायौँ । पछि २०६९ सालमा एकीकृत लाइसेन्समा आउँदा ती कम्पनी नै आउन सक्ने गरी बाटो खुलाइयो । तिनीहरूसँग पैसा र प्रविधि दुवै थिएन । त्यस कारण सबै कम्पनी फेल भए । गल्ती त्यहीँ भयो । त्यसलाई सुधार्न खोज्दा कसैले अदालतबाट अन्तरिम आदेश ल्याएका छन् । कसैको सम्पत्ति व्यवस्थापनका लागि मूल्याङ्कन गर्न लागिरहेका छौँ । यस्ता कारणले केही ढिला भएको हो ।

दुई कम्पनीबीचको प्रतिस्पर्धा एकात्मक प्रतिस्पर्धाभन्दा खतरनाक मानिन्छ । यस कारण तेस्रो सेवा प्रदायक ल्याउने कोसिस गरिएको छ । काम नगरि फ्रिक्वेन्सी मात्र होल्ड गरेर बस्ने कम्पनी खारेज पनि गरिएको हो । तर कम्पनी खारेज गर्नु मात्र उपलब्धि होइन । उनीहरूलाई मर्ज गरेर एउटै कम्पनीको रूपमा ल्याउन सकेको भए हुन्थ्यो । मर्जरको कानुन बनाउन प्राधिकरणले दश वर्षदेखि कोसिस गर्दा पनि नसक्नु र कानुन बनाउने अधिकार प्राधिकरणमा नहुनु जस्ता कारणले यसमा ढिलाइ भइरहेको हो ।

दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली टेरामोक्स भनेको दूरसञ्चार नेटवर्कको मनिटरिङ गर्ने एक प्रणाली हो । ग्राहकलाई उपलब्ध गराएको सेवाको गुणस्तर परीक्षण गर्ने, ग्राहकलाई लगाइएको रकमको यकिन गर्ने र विदेशबाट आएको वा स्वदेशको नेटवर्कमा आएका कलहरूको सेवा प्रदायकले राखेको आय ठिक छ कि छैन भनेर परीक्षण गर्ने, निगरानी गर्ने उपकरण र प्रविधिलाई टेरामोक्स भनेर बुझ्न सक्छौँ ।

ताजा अपडेट

खोजी गर्नुहोस