पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १४, बिहिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १४,काठमाडौँ । पहिरोका कारण अवरुद्ध मुग्लिननारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । केहीबेर अघि एकतर्फी सञ्चालनमा आएको सडक पहिरो पन्छाएपछि दुईतर्फी नै खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो।

यसअघि पनि नाम्सी पुल नजिकै पहिरो खस्दा पटक(पटक सडक अवरुद्ध हुँदै आएको थियो । गएको शनिवार पनि यही क्षेत्रमा पहिरो खसेको थियो भने ७ गते र ५ गते पनि पहिरो गएको थियो ।

पहिरोका कारण काठमाण्डौसँग जोडिएको यो मुख्य सडक खण्ड पटक(पटक अवरुद्ध हुँदै आएको छ । यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस