भाद्र १४,काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । सापारु अर्थात् गाईजात्रा र रोपाइँ जात्राका लागि भोलि सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सूचना निकालेर भोलि सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गर्नु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा आज एकै दिन परेको बताए पनि केही पालिका र सांस्कृतिक संस्थाले जनैपूर्णिमा र गाईजात्रा फरक-फरक दिन मनाउने निर्णय गरेका छन् ।
जनैपूर्णिमा र गाईजात्राका अवसरमा आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । काठमाण्डौ महानगरले भोलि बिदा दिएको छ । पर्सि शनिवार परेको छ । यसरी हेर्दा काठमाण्डौ महानगरपालिकाभित्र सरकारी कामकाज तीन दिन बन्द हुने भएको छ ।