पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, ह्वात्तै बढ्यो एलपी ग्यासको मूल्य

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र १५, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाण्डौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ । निगमले मूल्य वृद्धि गएरातिदेखि लागू हुनेगरी बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमश प्रतिलिटर रु तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस