बझाङमा जंगली च्याउ खाँदा दाजु-बहिनीको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १५, शुक्रबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाण्डौँ ।  बझाङमा जंगली च्याउ खाँदा दाजु-बहिनीको ज्यान गएको छ । जयपृथ्वी नगरपालिका -६ नौरामा जंगली विषालु च्याउ खाँदा नौराका स्थानीय लक्ष्मण कठायतकी ७ वर्षीया छोरी सञ्जिला र ११ वर्षीय छोरा सुदिपको उपचारको लागि धनगढी लैजाँदै गर्दा ज्यान गएको हो ।

बुधबार राति घरमाथिको जंगलबाट ल्याएको च्याउ खाँदा लक्ष्मण कठायतका श्रीमती, एक छोरा र एक छोरीसहित तीनजना गम्भीर बिरामी भएका थिए । सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि तत्कालै डडेल्धुरा रेफर गरिएको थियो।  उनको बाटोमै र उनका दाइ सुदिपको डडेल्धुरा अस्पतालमा उपचारपछि धनगढी लैजाँदै गर्दा बिहीबार राति बाटोमै ज्यान गएको हो ।

लक्ष्मण कठायतकी श्रीमती पुनीकला कठायत भने जिल्ला अस्पताल बझाङमा उपचारपछि घर फर्किएकी छन्। उनको अवस्था अहिले सामान्य रहेको जयपृथ्वी नगरपालिका ६ का वडाध्यक्ष नरेन्द्र बहादुर सिंहले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस