चिनियाँ सुन तस्कर ‘एलेक्स’ सँग पनि नेपाली नागरिकता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १५, शुक्रबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाण्डौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको तस्करीको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग पनि नेपाली नागरिकता रहेको पाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका चिनियाँ नागरिक याओ पुचेङ्ग उर्फ ‘एलेक्स’ को साथमा पनि नेपाली नागरिकता भेटिएको हो ।

एलेक्सको साथबाट प्रहरीले भारतीय आधारकार्ड पनि बरामद गरेको थियो । एलेक्सले पनि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ ।

एलेक्ससँगै सुन तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएका ५ जनाको साथमा नेपाली नागरिकता भेटिएको छ ।

अर्का तस्कर तिब्बतियन मुलका बेल्जियन नागरिक दावा छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको यसअघि नै पुष्टि भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस