धनुषामा हराइरहेकी बालिका नग्न अवस्थामा मृत्त फेला, दुई जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २९, शुक्रबार (१ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

मंसिर २९, जनकपुरधाम । धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिका नग्न अवस्थामा मृत भेटिएकी छन् । धनुषाको सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ ।

बिहीबार बेलुका ७ बजे शव फेला परेको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक शर्माले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस