चितवनमा बोलेरो गाडी दुर्घटना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ७, शनिबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पौष ७, काठमाण्डौँ । चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । चितवनको राप्ति नगरपालिका १२ भञ्ज्याङमा गएराति ८ बजे भण्डारबाट कालिटार जाँदै गरेको बा १९ च ४५६२ नम्बरको गाडी सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा ७ जना घाइते भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

दुर्घटनामा परी गाडीचालक राप्ती नगरपालिका(१३ का चन्द्रबहादुर प्रजासहित सोही ठाउँका ५० वर्षीया दिलमाया चेपाङ, ६७ वर्षीय दिलबहादुर चेपाङ, १७ वर्षीय सरोजकुमार प्रजा, ३० वर्षीय विष्णुलाल प्रजा, १५ वर्षीय मनकुमार प्रजा र ३५ वर्षीय मनकुमार प्रजा घाइते भएको डिएसपी पण्डितले जानकारी दिए । घाइतेहरूको भरतपुर अस्पताल र भण्डारा अस्पतालमा उपचार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस