गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने पुरुष रहेको पुष्टि, ट्रक चालक पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३२, शुक्रबार (८ महिना अघि)
  • ८४ पटक पढिएको
गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने पुरुष रहेको पुष्टि, ट्रक चालक पक्राउ

साउन ३२,काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले ज्यान गुमाउने महिला भनेकोमा सनाखत गलत भएको जनाएको छ ।

भक्तपुर प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको ज्यान गएको हो । स्कुटरलाई ठक्कर दिने ट्रक चालकलाई प्रहरीले हिजो बेलुकी पक्राउ गरेको छ । ट्राफिक प्रहरीले असुरक्षित तवरले गाडी जाँच गर्दा दुर्घटना भएको स्थानीयबासिन्दाको आरोप छ  ।

ट्राफिक जाँचका क्रममा रोकिएको स्कुटरलाई कौशलटारतर्फबाट थिमितर्फ गुडिरहेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापछि हिजो झण्डै पाँच घण्टासम्म भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो ।

घटनास्थलमा जम्मा भएको आक्रोशित भीडले ट्रकमा ढुङ्गामुढा गरेर आगजनीको प्रयास गरे पनि प्रहरीले सामान्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्याससमेत प्रहार गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस