इजिप्टलाई हराउँदै रुस अघिल्लो चरणमा प्रवेश ! इजिप्ट विश्वकपबाट बाहिरिने लगभग पक्का

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ ६, बुधबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । आयोजक रुससँग पराजित भएपछि इजिप्ट विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ । रुस भने ६ अंकसहित एक खेल अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा रुसले इजिप्टलाई ३–१ गोल अन्तरले हरायो । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा इजिप्टको आत्मघाती गोलबाट रुसले अग्रता लिएको थियो । ४७ औं मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल रोक्ने क्रममा आफ्नै पोष्टमा बल छिराएका थिए ।

त्यसपछि डेनिस चेरसिभले ५९ औं मिनेटमा अर्को एक गोल थप्दै खेललाई २-० को अवस्थामा पुर्‍याए । त्यसको तीन मिनेटपछि अर्थात ६२ औं मिनेटमा डेइवाले अर्को गोल गरे र, रुसले ३-० को अग्रता लियो ।

७३ औं मिनेटमा इजिप्टले पेनाल्टीमार्फत् एक गोल फर्कायो । इजिप्टका लागि चर्चित स्ट्राइकर मोहम्मद सलाहले गोल गरे ।

मोहम्मद सलाहलाई रुसका खेलाडीले डीबक्सभित्र लडाएका थिए । सुरुमा रेफ्रीले फ्रीकिक दिएका थिए तर भिडियो रिप्ले हरेपछि फेरि पेनाल्टी दिने निर्णय लिए ।

यो जितसँगै समूह ‘ए’बाट रुस ६ अंकसहित अघिल्लो चरणमा प्रवेश गरेको छ । यसअघि रुसले विश्वकप उदघाटन खेलमा साउदी अरबलाई ५–० ले हराएको थियो । जारी विश्वकपमा रुसले ८ गोल गरिसकेको छ भने १ गोल खाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस