असार ७,काठमाडौँ । विश्वकप अन्तर्गत आज भएको पहिलो खेलमा समूह सीमा रहेका डेनमार्क र अष्ट्रेलियाले बराबरी खेलेका छन । उनिहरुले १–१ को बराबरी खेलेका हुन ।
डेनमार्कले खेलको सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो । उसका लागि मुख्य खेलाडी क्रिस्टियन एरिक्सनले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
त्यस्तै युसुफ पलसनको भिएआरमार्फत दिइएको ह्यान्डबलमा अष्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको थियो ।
सो पेनाल्टीलाई मिले जेडिनाकले गोलमा परिणत गर्दै अष्ट्रेलियालाई खेलमा फर्काएका हुन् । जेडिनाकले पछिल्लो खेलमा फ्रान्सविरुद्धको २–१ को हारमा पनि पेनाल्टीमार्फत गोल गरेका थिए । अर्को तर्फ डेनमार्क भने १–० ले पेरुविरुद्ध विजयी भएको थियो ।
यससंगै डेनमार्कको २ खेलमा ४ अंक भएको छ भने अष्ट्रेलियाले आफ्नो पहिलो अंक जोडेको छ ।