टी १० लिग : सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्स पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर ६, शुक्रबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर ६,काठमाडौँ । यूएईमा भइरहेको टी १० लिग क्रिकेट सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्स ३२ रनले पराजित भएको छ ।

क्वालन्दर्सले दिएको १३१ रनको लक्ष्य पाएको कर्नाटका निर्धारित ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्रै जोड्न सक्यो । नेपालका सन्दीप लामिछानले पहिलो पटक टी १० मा ब्याटिङ गर्ने मौका पनि पाएका छन् ।

सन्दीपले ७ बल सामना गर्दा ५ रन बनाएर आउट भएका थिए । बलिङतर्फ उनले आफ्नो स्पेलमा ३० रन खर्चिएर २ विकेट लिए । कर्नाटकाका लागि रेन टेन डोट्सले सर्वाधिक २५ रन बनाउँदा जोनशन चार्लेसले २४ रनको योगदान दिएका थिए ।

कर्नाटकालाई रोक्ने क्रममा सुल्तान अहमद र जर्ज ग्राटोनले दुई दुई विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको क्वालन्दर्सले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । क्वालन्दर्सका लागि टम बेनटनले सर्वाधिक ८० रन बनाउँदा लरी इवान्सले १७ रनको योगदान गरे ।

कर्नाटकाका सन्दीपसँगै अहमद रजाले दुई दुई विकेट लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस