म्यानचेस्टर सिटी नकआउट चरणमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर ११, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाडौं । म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । समूह सी अन्तर्गत मंगलबार राति भएको खेलमा शाख्तर डोनेस्कसँग १–१ को बराबरीमा रोकिएको सिटी अन्तिम १६ मा पुग्ने निश्चित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम सिटीका लागि आइकेली गुण्डोगानले ५० औँ मिनेटमा गोल गरेर सुरुवाति अग्रता दिलाएका हुन् । तर ६९ औँ मिनेटमा सोलोमोनले शाख्तरका लागि बराबरी गोल फर्काए ।

बराबरीले म्यानचेस्टर सिटी समूह विजेता बन्ने पक्का भयो भनेन शाख्तरका लागि भने छनौटका लागि अर्को खेल पर्खनु पर्ने भएको छ । दोस्रो स्थानमा रहेको उसको ६ अंक भएको छ भने शीर्ष स्थानको सिटीको ११ अंक छ ।

च्याम्पियन्स लिगमा स्थान पक्का भएकाले अब आफूहरुको पूरा ध्यान प्रिमियर लिगमा हुने म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिवलाले बताएका छन् ।

समूह सी अन्तर्गत नै मंगलबार राति भएको खेलमा एट्लान्टाले डिनामो जाग्रेबलाई २–० ले पराजित गरेको छ । पाँच अंकसहित डिनामो तेस्रो तथा चार अंकसहित एट्लान्टा चौथो स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस