डिबालाको उत्कृष्ट गोलमा युभेन्टस समूह विजेता

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर ११, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले पूरै समय खेलेको खेलमा पाउलो डिबालको उत्कृष्ट गोलको सहयोगमा युभेन्टस विजयी भएको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको समूह डी को खेलमा इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितका लागि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा डिबालाले फ्रि–किक मार्फत गरेको उत्कृष्ट गोल नै निर्णायक बन्यो ।

जितसँगै युभेन्टस समूह विजेता बन्यो । युभेन्टस यसअघि नै अन्तिम १६ मा पुग्ने निश्चित भइसकेको थियो । थप खेलाडीको रुपमा आएका फेडेरिको बेर्नार्डेस्कीले पनि पोस्टमा प्रहार गरेका थिए, तर गोल हुन सकेन ।

पराजित भएको एथ्लेटिको मड्रिड समूहको दोस्रो स्थानमा कामय छ । तर अन्तिम १६ मा पुग्नका लागि आउँदो महिना उसले लोकोमोटिभ मस्कोलाई भने पराजित गर्नु पर्ने छ ।

समूह डी अन्तर्गतकै खेलमा बायर लेभरकुजनले लोकोमोटिम मस्कोलाई २–० ले पराजित गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस