प्रख्यात पुरस्कार ‘बालून दोर’ यसपालि लियोनेल मेस्सीले पाउने दाबी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर १२, बिहिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाडौं । टबल जगतको सबभन्दा प्रख्यात पुरस्कार बालून दोर यसपालि लियोनेल मेस्सीले पाउने र यसको बारेमा उनलाई जानकारी दिइसकिएको भनी स्पेनी सञ्चारमाध्यमले छापेका छन् ।

मुन्डो डिपोर्टिभोले अर्जेन्टिनी सुपरस्टार मेस्सीलाई उनको जीतका बारेमा खबर गरिसकिएको भनी लेखेको छ । बालून दोर समारोह सोमवार आयोजना गरिँदैछ । फ्रान्स फूटबल पत्रिकाको एक टोली बार्सिलोना पुगेर मेस्सीलाई छैठौंपटक बालून दोर जितेको सूचना दिइसकेको पत्रिकाको दाबी छ ।

पुरस्कार जित्ने तीन खेलाडीको शर्टलिस्टमा मेस्सी आफ्ना चिर प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो र लिभरपूलका डिफेन्डर भर्जिल भ्यान डाइकसँगै परेका छन् ।

अघिल्लो सीजनमा मेस्सीले करीयरको १०औं ला लिगा उपाधि जित्ने क्रममा ३६ गोल अनि १३ वटा असिस्ट गरेका थिए ।

तर भ्यान डाइकले यूईएफए मेन्स प्लेयर अफ द ईयर जितेकाले मेस्सीलाई पछि पार्न सक्ने सम्भावना पनि छ । उनले लिभरपूललाई युरोपको उम्दा टीम बनाउन र च्याम्पियन्स लीग जिताउन महत्त्वपूर्ण योगदान गरेका छन् ।

अनि रोनाल्डोले युभेन्टस गएपछि पनि गोलको वर्षा गर्दै आएका छन् र टीमलाई गत सीजनको सेरी आ उपाधि जिताएका छन् । उनले पोर्चुगललाई नेसन्स लीग उपाधि पनि जिताएका छन् ।

पेरिस सेन्ट–जर्मानका फर्वार्ड कीलियन एम्बाप्पेले बालून दोरका लागि मेस्सी हकदार रहेको बताएका छन् ।

‘मेस्सी । व्यक्तिगत कुरा गर्ने हो भने उनी यस वर्षका उत्कृष्ट खेलाडी हुन्,’ कसले बालून दोर जित्ला भनी जर्मन पत्रिका देर स्पीगेलले सोध्दा एम्बाप्पेले यस्तो जवाफ दिएका थिए । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस