आइपीएल : दिल्ली क्यापिटल्स पुनः शीर्ष स्थानमा !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक २, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक २, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत शनिबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिउको छ । चेन्नाईले दिएको १८० रनको लक्ष्य क्रममा अन्तिम ओभरमा अक्षर पटेलले तीन छक्का प्रहार गरेपछि अन्तिम बल बाँकी छदै दिल्लीले भेट्टायो । अक्षरले ५ बलमा २१ रन प्रहार गरे। त्यसअघि लयमा रहेका शिखर धवनले ५८ बलमा १०१ रनको पारी खेले । जितसँगै दिल्ली क्यापिटल्स पुनः शीर्ष स्थानमा उक्लिएको छ। ९ खेलमध्ये ७ खेलमा जित हात पारेको दिल्लीको १४ अंक छ। दोस्रो स्थानमा रहेको मुम्बईको १२ अंक छ । यता छैटौं हार ब्यहोरेको चेन्नाई ६ अंकका साथ छैटौं स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस