कार्तिक ६, काठमाण्डौ । कोलकत्ता नाइट राइडर्सले दिएको झिनो लक्ष्य १३ ओभरमा भेट्दै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएलको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राति शेख जायद क्रिकेट स्टेडियममा भएको खेलमा बैंगलोरले कोलकत्तालाई आठ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेकोको कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । कोलकत्तामाथि सहज जित दर्ता गरेसँगै बैंगलोर तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । बैंगलोरले १० खेलमा ७ जितसहित १४ अंक बनाएको छ । तालिकाको चौथो स्थानमा रहेको कोलकत्ताले १० खेलमा १० अंक जोडेको छ ।