आइपिएलमा चेन्नई सुपर किंग्सद्वारा कोलकाता ६ विकेटले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक १४, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक १४, काठमाण्डौ । इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । कोलकाताले दिएको १७३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै १७८ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले सर्बाधिक ७२ रन बनाएका थिए । कोलकाताका बलर पाट कमिन्स र वरुण चक्रवर्तिले २, २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाउदै १७२ रन बनाएको हो ।कोलकाताका लागि नितिश रानाले सर्बाधिक ८७ रन बनाए । उनले ६१ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाएका थिए । चेन्नईका बलर लुंगी एनगिडीले २ विकेट लिए भने मिचेल सान्टनर, रविन्द्र जडेजा र करण शर्माले एक, एक विकेट लिएका थिए । प्रतियोगिताबाट बाहिरिसकेको चेन्नईको १३ खेलमा यो पाँचौं जित हो । चेन्नईको यो जितले कोलकाताको प्लेअफ यात्रा भने अनिश्चित बनाइदिएको छ ।

कोलकाताको अब १३ खेलमा ६ जितसहित १२ अंक रहेको छ । उसले आफ्नो अन्तम लिग खेल राजस्थान रोयल्ससँग खेल्नेछ । त्यो खेलमा जिते पनि प्लेअफ यात्रा भने रनरेट र अन्य टिमको अंकमा भर पर्नु पर्नेछ । त्यस्तै चेन्नईले भने अन्तिम खेल किंग इलाभेन पञ्जाबविरुद्ध आइतबार खेल्दैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस