आईपीएल क्रिकेटमा हैदराबारसँग बैंगलोर ५ विकेटले पराजित !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक १६, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाण्डौ । आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ । सारजाहमा शनिबार राति भएको खेलमा हैदराबादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ । यस्तै हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ । हैदराबादले अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग खेल्नेछ । मुम्बईले भने क्वालिफायरमा स्थान पक्का गरिसकेको छ । यो हारसँगै बैंगलोरलाई पनि प्ले अफ पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।

बैंगलोरले १३ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ । बैंगलोरले अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ । अब बैंगलोर र दिल्लीमध्ये विजेता एउटा टोली मात्र प्लेअफमा पुग्ने छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस