कार्तिक १९, काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले हराउँदै सनराइजर्स हैदराबाद प्रतियोगिताको इलिमिनेटर राउन्डमा प्रवेश गरेको छ । १४ मध्ये ७ खेल जितेर १४ अंक बनाएको हैदराबादले समान १४ अंक भएको कोलकाता नाइट राइडर्सलाई नेट रन रेटमा पछि पार्दै इलिमिनेटरमा प्रवेश पाएको हो ।
६ नोभेम्बरमा हुने इलिमिनेटरमा जितसहित तेस्रो स्थानको हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्नेछ । बैंगलोर १४ अंकका साथ चौथो स्थानमा छ । त्यसअघि नोभेम्बर छ मा दुबई रंगशालामा हुने पहिलो क्वालिफायर खेलमा आजको खेलमा पराजित मुम्बई इन्डियन्सले दिल्ली क्यापिटलसँग खेल्नेछ ।