क्यानले प्रधानमन्त्री राष्ट्रिय कप क्रिकेट प्रतियोगिता आगामी डिसेम्बरमा गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक २२, शनिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक २२, काठमाडौ । नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री राष्ट्रिय कप क्रिकेट प्रतियोगिता आगामी डिसेम्बरमा गर्ने जनाएको छ । शनीवार सम्पन्न क्यानको बोर्ड बैठकले प्रतियोगिताका लागि अनुमति लिने प्रक्रिया तत्काल सुरु गर्ने जनाएको छ ।

क्यानको बोर्ड बैठकले अन्य निर्णयहरु पनि गरेको छ । अनलाईन प्रबिधिबाट सम्पन्न बोर्ड बैठक पछि जारी गरिएको बिज्ञप्तीमा क्यानले बार्षिक साधारण सभा आगामी मंसिर ३ गर्ने निर्णय गरेको छ । साथै क्यानले चितवनमा खेलाडी बर्गिकरणमा भएको त्रुटीलाई सच्याउदै सोमपाल कामिलाई ग्रेड बि र सन्दिप जोरालाई ग्रेड सी मा राख्ने निर्णय गरेको छ ।

महिला खेलाडी तर्फ सरस्वती चौधरीलाई ग्रेड ‘बी’ र ममता चौधरीलाई ग्रेड ‘सी’ मा राख्ने निर्णय गरेको छ । क्यानले कोरोना महामारीलाई मध्यनजर गर्दे हाललाई खेलाडीहरुको सम्झौता २०२० जनवरी ६ देखी ६ महिनाको लागि गर्ने गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस