घरेलु खेलकुद गतिविधि सञ्चालन गर्न दिने सरकारको निर्णय

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक २८, शुक्रबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक २८, काठमाण्डौ । सरकारले कोरोना महामारी सुरु भएसँगै ठप्प रहेको घरेलु खेलकुद गतिविधि सञ्चालन गर्न दिने भएको छ । सरकारी निर्णय आउनुअगाडि केही खेलले खेलकुद हेर्ने सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् राखेप को स्वीकृति लिएर प्रशिक्षणलगायतका गतिविधि सुरु गरिसकेका छन् ।

सातदोबाटोस्थित करातेको कभर्डहलमा टोकियो ओलम्पिकका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अभ्यासरत कराते खेलाडी । लकडाउनयता पटक–पटक प्रशिक्षण सुरु हुँदै रोकिएको थियो । आइतबारदेखि पुनः प्रशिक्षण सुरु भएको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खेलकुदको प्रशिक्षण सुरु गर्न दिने गरेको निर्णय बिहीबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले सार्वजनिक गरेका हुन् । चैतदेखि घरभित्रै थुनिएका राष्ट्रिय टोलीका खेलाडीलाई धेरै समय प्रशिक्षणबाट विमुख गराउन नहुने विज्ञहरूले पटक पटक चेतावनी दिँदै आएकामा सरकारले ८ महिनापछि कम्तीमा अन्तर्राष्टिय क्यालेन्डर नजिकिएका खेलहरूको प्रशिक्षण सुरु गर्न दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस