मङ्सिर ८, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति सम्पन्न खेलमा वेस्टह्याम युनाइटेड विजयी भएको छ । लिगमा चौथो जीत निकाल्ने क्रममा उसले खराब लयबाट गुज्रिरहेको सेफिल्ड युनाइटेडलाई उसैको मैदानमा १,० ले हरायो । वेस्टह्यामको जीतमा सेबास्टियन हालरले गरेको गोल नै निर्णायक बनेको थियो । उनले खेलको ५६औं मिनेटमा गोल गरेका थिए ।
जीतसँगै ९ खेलबाट १४ अंक जोडेको वेस्टह्याम अंकतालिकाको आठौं स्थानमा रहेको छ । हालसम्म खेलेका ९ खेलबाट १ अंक मात्र जोड्न सकेको सेफिल्ड तालिकाको पुछारमा रहेको छ ।