इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीको पहिलो जित, क्रिस्टल प्यालेस पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर ९, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले पहिलो जित हात पारेको छ । जारी सिजनको आठौँ खेल समाप्त हुँदा बर्नलीले पहिलो जित निकालेको हो । सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टललाई १,० गोल अन्तरले पराजित गर्‍यो । घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे ।

खेलको आठौं मिनेटमा उडले निर्णायक गोल गरेका थिए । जितसँगै बर्नली ८ खेलमा एक जितसहित ५ अंक जोडेर १७औँ स्थानमा छ । क्रिस्टल ९ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस