नेपाल फिफा वरियतामा एक स्थान तल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर १३, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाण्डौ । नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको छ । यसअघि १ सय ७० औं स्थानमा थियो । नेपालले ९ सय ६८ अंक हासिल गरेको छ ।

दक्षिण एशियामा भारत १ सय ४ औं स्थानमा छ भने माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । यसैगरी बंगलादेशले तीन स्थान सुधार गरेको छ । बंगलादेश १ सय ८४ औं स्थानमा छ । भुटान १ सय ८९ औं स्थानमा रहेको छ । पाकिस्तान २ सय औं स्थानमा रहेको छ । यस्तै बेल्जियम शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस