युवाहरुको विकासका लागि सांसद यादवद्वारा खेलकूद मैदान निर्माण

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

मंसिर १७, बीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले पर्साको हरपतगंजमा आफ्नो संसदीय विकास कोष बाट खेलकूद मैदानको निर्माण सम्पन्न गरेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर २० हरपतगंज अपौनीमा नवनिर्मित खेलकुद मैदानको संसाद प्रदिप यादवले बुधबार एक समारोहका विच खेलाडीहरूको लागि खेलकुद मैदानको उद्घाटन गरेका छन् ।

सांसद यादवको संसदीय विकास कोष तथा विरगंज महानगरपालिकाको साझेदारीमा ४० लाख को लागतमा सो खेलकुद मैदानको निर्माण सम्पम्न्न भएको हो । सांसद यादवले आगामी दिनमा सो मैदानमा थप आर्थिक लगानी गरि आफ्नो कोषबाट सक्दो सहयोग गर्ने तथा तत्काल सो खेल मैदानमा टावर लाईटको व्यवस्था गरिने प्रतिबद्धता जनाए । ‘विगत दुई दशकमा यस क्षेत्रबाट निर्वाचित सांसदहरूले गर्न नसकेको विकास निर्माणका कार्यहरू आफुले २ वर्षमै गरेर देखाएको,‘ उनले भने‘ आउँदो दिनमा यो यो खेलकुद मैदानमा अझ सहयोग गर्ने छु ।’

सांसद यादवले खेलकुद ,शिक्षा, स्वास्थ्य तथा विकास निर्माण कार्यलाई योजनाको तहत अगाडी बढाइने बताए । ‘विकासको नारा लिएर धेरै नेताहरु भोट माग्न आए जितेर पनि गए तर यस क्षेत्रको अवस्थामा कुनै परिवर्तन भएको थिएन तर मैले आफनो निर्वाचन क्षेत्रको जनताको जिवन स्तर उकास्नका लागी खेलकुद, शिक्षा ,स्वास्थ्य तथा विकास निर्माण कार्यको कामलाई योजना तहत अगाडी बढाएको,‘उनले भने ।’

उक्त उद्घाटन कार्यक्रममा प्रदेश सासंद जन्नत अंसारी वडा नं। २० का वडा अध्यक्ष पारस यादव सहित वडाका नेता, कार्यकर्ता , युवा , खेलाडी तथा स्थानीयवासीको उल्लेखनिय उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस