मंसिर १९, काठमाण्डौ । यूरोपा लिग फुटबल अन्तर्गतको खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ । समूह जी अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले र्यापिड भिएनामाथि ४-१ को जित दर्ता गरेको हो ।
घरेलु मैदानको फाइदा उठाउँदै खेलको पहिलो हाफमा तीन गोल गरेको आर्सनलले दोस्रो हाफमा थप एक गोल गरेको हो । यो जितसँगै शीर्ष स्थानको आर्सनलले १५ अंक जोडेको छ ।