स्थगित खेल प्रतियोगिताहरु सञ्चालन गर्न खेलकुद परिषद्मा प्रस्ताव

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर २९, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर २९, काठमाडौ । अखिल नेपाल फुटबल संघ एन्फाले स्थगित खेल प्रतियोगिताहरु सञ्चालनको लागि राष्ट्रिय खेलकुद परिषद्मा प्रस्ताव पेश गरेको छ। एन्फाले शहीद स्मारक बी डिभिजन लिग २०७६र७७ का बाँकी खेलहरु, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, राष्ट्रिय महिला लिग सञ्चालनको स्वीकृतिको लागि आइतवार प्रस्ताव गरेको हो ।

यसअघि मंसिर २५ गते बसेको एन्फा केन्द्रीय कार्यसमिति बैठकले स्थगित प्रतियोगितालाई सञ्चालनका लागि राखेप समक्ष प्रस्ताव गर्ने निर्णय गरेको थियो । सोही अनुरुप स्वास्थ्य प्रोटोकल र खेलको तालिका सहितको प्रस्ताव राखेपमा पेश गरिएको अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । अघिल्लो सिजनमा ए डिभिजन लिग सम्पन्न भएर बी डिभिजन लिगका खेलहरु सञ्चालन हुँदै गर्दा कोरोना महामारी फैलिएको थियो । त्यसयता राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको छ भने हाल विश्वकप छनोटको तयारीमा जुटेको छ । यसै क्रममा एन्फाले रोकिएका प्रतियोगिताहरु सञ्चालनका लागि कदम अघि बढाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस