गौतमबुद्ध कप क्रिकेट : उपाधिका लागि आज नारायणी र राप्ती खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर ३०, मंगलबार (४ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

मंसिर ३०, काठमाण्डौ । गौतमबुद्ध कप ट्वान्टी ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि नारायणी र राप्ती खेल्दैछन् । खेल भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । दुवै टिम वाग्मतीलाई हराएर फाइनलमा पुगेका हुन् । अस्ति आइतबार भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले र शनिबार भएको पहिलो खेलमा सुपर ओभरमा नारायणीले वाग्मतीलाई हराएको थियो । हिजो भएको औपचारिक खेलमा राप्तीले नारायणीलाई १ विकेटले हराएको थियो ।
कोरोनाका कारण प्रभावित खेलकुदलाई चलायमान बनाउन वाग्मती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस