पुस २, काठमाडौं । प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा एभर्टनले लेस्टर सिटीलाई २–० गोल अन्तर हराएको हो । लेस्टरको घरेलु मेदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन रिचर्डलिसनले र मोसन होल्गाटेले एक–एक गोल गरे ।
खेलको २१ औं मिनेटमा रिचर्डलिसनले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको एभर्टनले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको हो । ७२ औं मिनेटमा होल्गाटेले गोल गर्दै एभर्टनलाई २–० गोलको जित दिलाए । जितसँगै एभर्टन अंक तालिकाको शीर्ष पाँचमा पुग्न सफल भएको छ । लिगमा १३ खेल खेलेको एभर्टनले २३ अंक जोडेको छ । २४ अंक रहेको लेस्टर तालिकाको चौथो स्थानमा छ ।