पुस १२, काठमाण्डौ । प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले प्रदेश दुईलाई पराजित गरेको छ । दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा एपीएफले ८ विकेटको जित निकालेको हो ।
योसँगै समूह ए मा रहेको एपीएफले लगातार दोस्रो जित निकाल्दै समुहको शीर्ष स्थानमा पुगेको छ । एपीएफले हिजोको खेलमा कर्णाली प्रदेशमाथि २०४ रनको फराकिलो जित निकालेको थियो । त्यस्तै प्रदेश दुईले शनिवारको खेलमा लुम्बिनी प्रदेशसँग पराजय ब्यहोरेको थियो ।