पुस १३, काठमाण्डौ । अन्तिम चार मिनेट सम्हालिन नसक्दा टोटेनहम हस्टपरले वल्भ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले टोटेनहमले तेस्रो स्थानमा उक्लने अवसर खेर फाल्दा पाँचौ स्थानमा यथावत रह्यो । वल्भ्स २१ अंक जोडेर ११औं स्थानमा रह्यो । टोटेनहमको १५ खेलबाट २६ तथा वल्भ्सको २१ अंक छ ।