पुस १३, काठमाण्डौ । ज्योती पाण्डेको ४९ रन प्रेरित सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ६२ रनले पराजित गरेको छ ।
जितसँगै एपीएफले समूह विजेताका बन्दै अन्तिम चारमा स्थान बनाएको छ । समुह ‘ए’ मा एपीएफले सतप्रतिशत नतिजा निकाल्न सफल भयो । जितसँगै ६ अंकका साथ एपीएफले शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनायो। पराजित लुम्बिनी उपविजेताको हैसियतमा अन्तिम चारमा प्रवेश गर्यो ।