पुस १६, काठमाण्डौ । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइलनमा पुगेको छ । दाङको लमहीमा भएको खेलमा वाग्मती प्रदेशलाई २८ रनले हराउँदै सुदूरपश्चिम प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो ।
अहिले प्रदेश १ र गण्डकीबीच खेल भइरहेको छ । गण्डकी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ए बाट एपीएफ र लुम्बिनी तथा समूह बी बाट प्रदेश १ र सुदूरपश्चिम सेमिफाइलनमा पुगिसकेका छन् । सेमिफाइलनका दुवै खेल पर्सि शनिबार हुनेछन् । फाइनल खेल १९ गते आइतबार हुनेछ ।