पुस २०, काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ । स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सी सिटीसँग ३,१ गोलअन्तरले पराजित भएको हो ।
जितसँगै सिटी २९ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । उता २६ अंक जोडेको चेल्सी तालिकाको ८ औं स्थानमा छ । त्यस्तै गएराति नै भएको अर्को खेलमा न्यु क्यासलमाथि २,१ को संघर्षपूर्ण जित निकाल्दै लेस्टर सिटी ३२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।