फिफा विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० श्रावण १८, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौँ । फिफा विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । आज समूह एचका अन्तिम खेल हुन लागेका हुन् । समूह एचमा कोलम्बिया र मोरक्को आमने सामने हुँदा जर्मनी र दक्षिण कोरिया भिड्नेछन्। दुवै खेल अष्ट्रेलियामा दिउँसो पौने ४ बजे हुनेछन् ।

आजको खेलले समूह चरणबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्ने छ । यो समूहबाट दक्षिण कोरिया अंक विहीन छ । र, समूह चरणबाट बाहिरिसकेको छ । कोलम्बिया ६ अंकसहित शीर्ष स्थानमा रहँदा जर्मनी दुई खेलबाट ३ अंकसहित दोस्रोमा छ । यस्तै मोरक्को पनि ३ अंकसहित तेस्रो स्थानमा छ ।

हिजो भएका खेलमा विश्वकपमा बलिया टोली मानिएका अर्जेन्टिना, ब्राजिल र इटाली समूह चरणबाटै बाहिरिएका छन्।

 

ताजा अपडेट

खोजी गर्नुहोस