नेपाल पहिलो पटक लाओससँग हार्‍यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २७, मंगलबार (१ दिन अघि)
  • ९० पटक पढिएको
नेपाल पहिलो पटक लाओससँग हार्‍यो

जेठ २७, काठमाडौं । एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत भएको खेलमा नेपाल पहिलो पटक लाओससँग हारेको छ । मंगलबार लाओसको भिएन्तियानस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाल २–१ गोलअन्तरले हारेको हो ।

खेलको १३औं मिनेटमै अनाउसोने छापान्याले कर्नरमार्फत हेडर गोल गर्दै लाओसलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफसम्म नेपालले गोल फर्काउन नसकेपछि लाओसले १–० को अग्रता कायम राख्यो ।

दोस्रो हाफको ४९औं मिनेटमा पिटर फान्थाभोङ्गले अर्को गोल गर्दै लाओसको अग्रता २–० मा पुर्‍याए । नेपालले ७१औं मिनेटमा पाएको पेनाल्टीमा मनिष डाँगीले गोल गरे पनि बाँकी समयमा बराबरी गोल फर्काउन सकेन ।

यो हार नेपालको एसियन कप छनोट चरणमा लगातार दोस्रो हो । यसअघि मलेसियासँग २–० ले हारेको थियो । लाओससँगको यो नेपालको सातौं प्रतिस्पर्धा हो । यसअघि नेपालले ३ खेल जितेको थियो भने ३ खेल बराबरीमा सकिएको थियो ।

नेपाल रहेको समूहमा लाओस, मलेसिया र भियतनाम छन् । समूहका सबै टोलीले होम एन्ड अवे प्रणालीअनुसार ६ खेल खेल्नेछन् । समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा आयोजना हुने १९ औं एसियन कपमा स्थान बनाउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस