चुनावमा २ लाख ६० हजार सुरक्षाकर्मी खटिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख २६, सोमबार (३ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

वैशाख २६, काठमाडौ । गृह मन्त्रालयले यही वैशाख ३० गते हुने निर्वाचनको सुरक्षालाई मध्यनजर गरी एक हजार वटा बम डिस्पोजल टोली खटाएको छ। देशभरका विभिन्न जिल्लामा हुनसक्ने घटनालाई केन्द्रित गरी एक हजार वटा प्राविधिक टोली परिचालन गरिएको मन्त्रालयका उपसचिव बसन्त भट्टराइले जानकारी दिए।

यस्तै, स्थानीय तह निर्वाचनमा सुरक्षार्थ करिब २ लाख ६० हजार सुरक्षाकर्मी खटिएको मन्त्रालयले जनाएको छ। सुरक्षाकर्मीबाहेक ३ लाखको हाराहारीमा कर्मचारी खटिएका छन्। मुलुक संघीयतामा गएपछि दोस्रो ५ वर्षे कार्यकालका लागि हुन लागेको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि तीनै तहका सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस