सन् २०१८ मा युएईमा १०३ नेपालीको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष १६, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष १६, काठमाडौं । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ ।

मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर मृत्यु भएको हो ।

मृतकमध्ये सूर्य विक, अमृतबहादुर कार्की, सिर्जना बराल र अशोक भट्टराईको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ । उनीहरुको मृत्युका कारणबारे अध्ययन भइरहेकाले शव पठाउन ढिलाइ भएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस