घुस नदिए गुणस्तर विभागको गेट समेत खुल्दैनः कर्मचारी माग्छन् खुलमखुला घुस

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष १७, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष १७, काठमाडौं । काठमाडौंको माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभाग पस्नेबित्तिकै देखिन्छ आकर्षक नारा।

लेखिएको छ–गुणस्तरियता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता। तर, विभागका कर्मचारीले मापन गरेवापत खुलमखुला घुस लिने गरेका छन्।

आइतबार बिहान ११ः२० बजे ट्याक्सीको मिटरमा सिल लगाइदिने कर्मचारीले चालकसँग घुस मागे।

सरकारी पोशाक लगाएका ती कर्मचारीले भने, ‘चिया खर्च दिनुस्।’ चालक अनकनाए। कमाई नभएको गुनासो गरे। तर ती कर्मचारीले चालकलाई छाड्दै छाडेनन्। चालकले ५० रुपैयाँ थमाएपछि बल्ल छाडे।

ती चालक विभागभित्र काम सकेर गेटतर्फ मोडिए। गेटनजिकै पुगे तर ढोका खोलिएन।

गेटमा बस्ने कर्मचारी उनको नजिक आए। अनि हाकाहाकी भने, ‘चिया खर्च दिनुस् पहिला।’ चालकले पहिल्यै ५० रुपैयाँ बुझाईसकेको बताए। बिहानैदेखि एकसुको कमाइ नभएको गुनासो गर्दै कर्मचारीले पैसा मागिरहे। उनी भन्दै थिए, ‘हामीलाई पनि हेर्नु पर्यो नि।’ गेट खुलेन।

चालकले एक सयको नोट निकालेर कर्मचारीको हातमा थमाईदिए। बल्ल उनले जान दिए।

ताजा अपडेट

खोजी गर्नुहोस