रोल्पामा बस दुर्घटना: २ जनाको मृत्यु, २३ घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष २४, मंगलबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष २४, बुटवल । रोल्पामा बस दुर्घना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ लुङग्री गाउँपालिका–३ जुतुङ्गखोलामा बस दुर्घटना हु्ँदा प्युठान स्वर्गद्धारी नगरपालिका–५ सारस्का २४ वर्षीय चालक नवराज ओली र लुङग्री–३ जुतुङ्गखोलाका ११ महिने बालक नितेश बिकको मृत्यु भएको हो ।

सुलिचौरबाट सिर्पका तर्फ आउँदै गरेको आर्शिवाद यातायातको बा १ ख ५५२१ नम्वरको बस जुतुखोलाको उकालेमा चिप्लीएर दुर्घटना भएको रोल्पा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २३ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई नेपालगञ्ज रिफर गरिएको र २१ जनाको सुलिचौरमै उपचार भई रहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस