लागुऔषध सेवन गरी सवारी चलाउने ६ चालकसहित ७ जना प्रहरी नियन्त्रणमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २, शनिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

वैशाख २, काठमाडौँ । नागढुङ्गामा भएको विशेष चेकिङमा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ चालकसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको संयुक्त टोलीले शुक्रबार दिउँसो २० वटा सवारी साधनका चालक तथा पछाडि सवार मानिसलाई चेक गर्दा ७ जनाले लागुपदार्थ सेवन गरेको पाइएको हो ।

लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस