नेपालमा थप ९९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख ३, आईतबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

वैशाख ३, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

३३६ पीसीआर परीक्षण गर्दा ५० जनामा र एक हजार २४० एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ३७७ रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस