भेरी नदीमा भाँचियो निर्माणाधीन बेलिब्रिज: एक जनाको मृत्यु, सात जना गम्भीर घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० बैशाख ७, बिहिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख ७,जाजरकोट । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज (पुल) भाँचिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो भेरी कोरिडोरको जाजरकोट नलगाड नगरपालिका –१२ र रुकुम पश्चिमको गोतामकोट नगरपालिका –८ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा एक जनाको भएको जानकारी दिए ।

त्यस्तै, दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएर उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाएको जानकारी उनले दिए । मृतकको नाम र ठेगाना खुलेको छैन । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस